बाढी–पहिरोले पाँच जिल्लाका राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण अवरुद्ध

बाढी र पहिरोका कारण देशका पाँच जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै राजमार्गको अवस्थाबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार गोरखाको एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। यसका कारण गोरखा र धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, म्याग्दी, नवलपरासी पूर्वलगायत जिल्लाका मुख्य राजमार्ग पनि बाढी र पहिरोका कारण प्रभावित भएका छन्। म्याग्दीमा बेनी नगरपालिका–२ स्थित भसभसेमा सडक भासिँदा म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सञ्चालनमा समस्या भएको छ।
यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि विभिन्न ठाउँमा सडक तथा पूर्वाधार प्रभावित भएका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


