चार देशका लागि प्रस्तावित राजदूतको आज संसदीय सुनुवाइ

सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतको संसदीय सुनुवाइ आज सोमबार गर्दै छ।
समितिको १७औँ बैठक बिहान ९:१५ बजे सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्दै छ। चार देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ यही बैठकको कार्यसूचीमा छ।
प्रस्तावित राजदूतहरूले द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार र उच्चस्तरीय राजनीतिक भ्रमणका साथै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर आफ्ना कार्ययोजना सङ्घीय संसद्समक्ष प्रस्तुत गरेका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूका कार्ययोजनामाथि छलफल गरी सुनुवाइ प्रक्रिया अघि बढाउने छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


