रियाद विमानस्थलमा लगातार दोस्रो दिन हुथी आक्रमण, एक पाकिस्तानी नागरिकको मृत्यु

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन पनि आक्रमण भएको छ। यमनका हुथी विद्रोहीले उक्त विमानस्थलमा पछिल्लो आक्रमण गरेका हुन्।
पछिल्लो आक्रमणमा परी थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति पाकिस्तानी नागरिक हुन्। आक्रमणमा ११ जना घाइते भएका छन्।
विमानस्थलमा एकपछि अर्को गरी भएका आक्रमणका घटनाले साउदी अरब र हुथी विद्रोहीबीचको द्वन्द्व थप चर्किन सक्ने चिन्ता बढाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
