२६ असोज २०८३ English
English

मुगुमा सडक खन्दै गरेको एक्स्काभेटरमाथि पहिरो खस्यो, चालक पुरिए, सहचालक घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

मुगुमा सडक खनिरहेको एक्स्काभेटरमाथि पहिरो खस्दा चालक पुरिएका छन्। सहचालक घाइते भएका छन्।

मुगु प्रहरीका अनुसार मुगु–रारा भित्री सडकखण्डअन्तर्गत खत्याड गाउँपालिका–११ को बिराखोला क्षेत्रमा आज बिहान करिब ८:३० बजे सुक्खा पहिरो खसेको हो। बेलिब्रिज पुल जोड्ने नयाँ सडक खन्ने क्रममा पहिरो खसेको थियो।

पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र त्यसका २४ वर्षीय चालक विमल बाग पुरिएका छन्। एक्स्काभेटरका सहचालक विनय मल्ल घाइते भएका छन्।

एक्स्काभेटरले मुगु–रारा भित्री सडकखण्डको बिराखोला क्षेत्रमा सडक खन्ने काम गरिरहेको थियो। पहिरोले चालकलाई एक्स्काभेटरसहित पुरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार