यु–१८ विद्यालय फुटबलमा बागमती र मधेसका टोली च्याम्पियन

बागमती प्रदेशको मनकामना स्कुल र मधेस प्रदेशको जनज्योति सेकेन्डरी स्कुल एसियन पेन्ट्स अन्तरविद्यालय यु–१८ राष्ट्रिय फुटबल च्याम्पियनसिपमा क्रमशः छात्र र छात्रातर्फ विजेता बनेका छन्। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दुवै फाइनल खेल भएका छन्। देशभरका तीन सयभन्दा बढी विद्यालयले जिल्ला र प्रदेशस्तरको छनोट पार गर्दै राष्ट्रिय चरणसम्म प्रतिस्पर्धा गरेका थिए।
छात्रातर्फको फाइनलमा जनज्योतिले सुदूरपश्चिमको श्री जीवनज्योति माविलाई ७–२ को गोलअन्तरले पराजित गरेको छ। विजेता टोलीकी अनिता रानामगरले ह्याट्रिक गर्नुभएको छ भने विजेता राईले दुई गोल गर्नुभएको छ। दीक्षा रानापाल र रकिशा दंगालले एक–एक गोल थप्नुभएको छ।
सुदूरपश्चिमका लागि बिबिशा बिष्टले दुवै गोल गर्नुभएको थियो। छात्रतर्फको फाइनलमा मनकामनाले गण्डकी प्रदेशको गुरुकुल विद्यासदनलाई २–० ले हराएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

