२७ असोज २०८३ English
English

१७ वर्षमुनिको राष्ट्रिय रग्बीमा कटारीलाई दोहोरो उपाधि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
१७ वर्षमुनिको राष्ट्रिय रग्बीमा कटारीलाई दोहोरो उपाधि

YouTube मा सब्स्क्राइब

सिन्धुलीमा सम्पन्न दोस्रो शिखर ढकाल स्मृति १७ वर्षमुनिको टी–वान राष्ट्रिय रग्बी प्रतियोगितामा कटारी नगरपालिकाले महिला र पुरुष दुवैतर्फको उपाधि जितेको छ। फिक्कल गाउँपालिकाको खाङसाङमा सोमबार भएको फाइनलमा कटारीले दुवैतर्फ आयोजक फिक्कललाई पराजित गरेको हो। महिलातर्फको फाइनल कटारीले १–० ले र पुरुषतर्फको फाइनल २–१ ले जितेको छ। च्याम्पियन कटारीले दुवै वर्गमा ३०–३० हजार रुपैयाँसहित ट्रफी पाएको छ। प्रतियोगितामा महिलातर्फ सानामिका मगर र पुरुषतर्फ शिशिर ढकाल उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ।

स्रोत

सम्बन्धित समाचार