बर्दियाको राजापुरमा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई सोमबार नियन्त्रणमा लिइएको छ।
गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो। सोही घटनापछि चितुवा नियन्त्रणमा लिने प्रयास सुरु गरिएको थियो।
चितुवाको आक्रमणमा स्थानीयको ज्यान गएपछि तिघ्रा क्षेत्रमा त्रास फैलिएको थियो। चितुवा नियन्त्रणमा आएपछि स्थानीयले राहत पाएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

