असई थमन विक हत्या प्रकरणमा निलम्बित मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा निलम्बनमा परेका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रदेशसभा सदस्य रहेका शर्मालाई मधेश प्रदेशसभाले २०८१ वैशाख १८ गते निलम्बन गरेको थियो। उनी हाल जसपा नेपालका मधेश प्रदेश सांसद हुन्।
असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट शर्मालाई जन्मकैदको सजाय निर्धारण भएको थियो। सोही प्रकरणमा उनी प्रदेशसभा सदस्यबाट निलम्बित थिए।
निलम्बन फुकुवा भएसँगै शर्मा मधेश प्रदेशसभाको सदस्यका रूपमा फर्किएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


