२६ असोज २०८३ English
English

इजरायल रोजगारी ठगी प्रकरण: कांग्रेस उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इजरायल रोजगारी ठगी प्रकरण: कांग्रेस उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश
तस्बिर: सेतोपाटी

केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसको केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काले सोमबार उनलाई छाड्न आदेश दिएका हुन्। खड्का कांग्रेस महाधिवेशनस्थलबाट पक्राउ परेकी थिइन्।

प्रहरीमा परेको जाहेरीअनुसार चौलागाईंसहितका व्यक्तिहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै १५६ जनालाई इजरायल पठाइदिने आश्वासन दिएर दुई करोड ५० लाख रुपैयाँभन्दा बढी लिएको आरोप छ।

यसै प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कासहित पाँच जनाविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान सुरु गरेको छ। सीआईबीले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा मात्र अनुसन्धान अघि बढाएको थियो र सुरुमा दुई जनालाई पक्राउ गरिएको थियो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरेका छन्। संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार