२६ असोज २०८३ English
English

सवारी दर्ता र नामसारीका लागि अब सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सवारी दर्ता र नामसारीका लागि अब सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने
तस्बिर: बिजमाण्डू

नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारीका लागि अब सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ। सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरी यो व्यवस्था मिलाएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्देशिकाका प्रावधान संशोधन गरेका हुन्। संशोधित व्यवस्थाअनुसार नयाँ तथा पुराना सवारीसाधन खरिद गर्दा खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालय धाउनु नपर्ने भएको छ।

सवारीसाधनको बीमा वा बीमा नवीकरण गर्दा पनि सवारीधनी स्वयं उपस्थित हुनुपर्ने छैन। सवारीधनी कार्यालयमा उपस्थित नभए पनि बीमा वा नवीकरण गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। यसअघि यी कामका लागि सवारीधनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने प्रावधान थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार