एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको राजनीतिक घेराबन्दी अझै जारी रहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत १३ सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै उनले यस्तो बताएका हुन्।
ओलीले आगामी निर्वाचनमा पनि घेराबन्दी हुन सक्ने भन्दै चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने बताए। उनले देशमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको भन्दै त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन अनिवार्य रहेको दाबी गरे। निहत्था जनतालाई हतियार र संगठित बलमा दबाइए जनताले प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो।
विरोधीका षड्यन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पार्टी पछि परेको पनि ओलीले बताए। उनले केन्द्रीय सदस्यहरूलाई स्पष्ट योजना, योग्यता र सक्रियताका साथ नतिजा देखिने गरी काम गर्न निर्देशन दिए।
एमालेको असोज २४ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। शपथ लिनेमा सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया र सीता पंगेनीलगायत छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


