२७ असोज २०८३ English
English

खुलामञ्चमा क्षति भए मर्मत गर्ने कांग्रेसको प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
खुलामञ्चमा क्षति भए मर्मत गर्ने कांग्रेसको प्रतिबद्धता

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको अवधिमा काठमाडौँको खुलामञ्चमा कुनै नोक्सानी पुगेको भए त्यसको सम्पूर्ण जिम्मा लिएर मर्मतसम्भार गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले यो प्रतिबद्धतासहितको पत्र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको छ। पत्रअनुसार कांग्रेसले महाधिवेशन प्रयोजनका लागि असोज १४ देखि २३ गतेसम्म खुलामञ्च बुक गरेको थियो।

सो अवधिमा परिसरमा भएको जुनसुकै हानिको क्षतिपूर्ति आफूले गर्ने कुरा पत्रमा उल्लेख छ। राष्ट्रिय महत्त्वको राजनीतिक कार्यक्रम सफल र व्यवस्थित ढङ्गले सम्पन्न गर्न महानगरपालिकाबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण मिल्नेमा कांग्रेसले विश्वास पनि व्यक्त गरेको छ। यसैबीच महाधिवेशन सकिएपछि सार्वजनिक भएका तस्बिरहरूअनुसार महानगरपालिकाले दुबो रोपेर हरियो बनाएको खुलामञ्चको घाँसे मैदान पूर्ण रूपमा बिग्रिएको छ।

महाधिवेशनका लागि त्यहाँ ३ वटा अस्थायी हल, उद्घाटन सत्रको मञ्च र प्रेस सेन्टरसहित विभिन्न टेन्ट बनाइएका थिए। ती संरचना बनाइएको दुबो मैदान अहिले हिलाम्मे बनेको छ।

स्रोत

सम्बन्धित समाचार