२७ असोज २०८३ English
English

अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

YouTube मा सब्स्क्राइब

अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतहरूले राष्ट्रिय हितलाई सर्वोपरि राख्ने प्रतिबद्धता जनाउनुभएको छ। सोमबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापाले त्यहाँ कन्सुलर सेवाको चाप व्यवस्थापन गर्न नयाँ उपाय अपनाउने र आवश्यक परे सार्वजनिक बिदामा पनि सेवा दिने बताउनुभएको छ।

अमेरिकाका विभिन्न राज्यमा छरिएर बसेका नेपाली र डायस्पोराको सञ्जाललाई देशको विकास र सांस्कृतिक सम्पदा फिर्ता ल्याउने काममा उपयोग गरिने उहाँको भनाइ छ। कुनै पनि सम्बन्धले आफ्नो कूटनीतिक काममा बाधा नपुर्‍याउने थापाले बताउनुभयो। आर्थिक कूटनीतिलाई प्रमुख औजार बनाउँदै उच्चस्तरीय भ्रमण आदानप्रदान र लगानी भित्र्याउन पहल गर्ने योजना पनि उहाँले सुनाउनुभयो।

बेलायतका लागि प्रस्तावित पूर्वप्रधानसेनापति गौरवशमशेर जबराले आफ्नो कार्यकालका लागि पाँच मुख्य प्राथमिकता तय गर्नुभएको छ। तीमध्ये बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने र ब्रिटिस गोर्खासँग जोडिएका विषयलाई प्राथमिकता दिने कुरा परेका छन्। जबराले सन् १८१६ देखिको नेपाल–बेलायत सम्बन्धलाई नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा विस्तार गर्ने बताउनुभएको छ।

भारतका लागि प्रस्तावित निश्चलनाथ पाण्डेले सांसदहरूले उठाएका कालापानी, लिपुलेक र लिम्पियाधुराका प्रश्नमा नेपालको राष्ट्रिय हित जोगाउने प्रतिबद्धता जनाउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार