पुराना सबै नेता भ्रष्ट भन्ने भाष्यमा राजेन्द्र पाण्डेको आपत्ति

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेता भ्रष्टाचारी थिए भन्ने भाष्य बनाउन खोजिएकोप्रति आपत्ति जनाउनुभएको छ। सोमबार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीका 'देश विकासको प्रश्तावना' र 'राजनीतिक चेतना' पुस्तक विमोचन कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो। सबै पुराना नेता र दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य बनाउनु उचित नभएको पाण्डेको भनाइ छ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका पाण्डेले आफू २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद भएको उल्लेख गर्दै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गर्नुभयो। पाण्डेले पुराना दलमा हुँदा खराब र राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेपछि असल ठहर्याइने प्रवृत्तिमाथि पनि प्रश्न उठाउनुभयो। यसका लागि उहाँले रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा.
स्वर्णिम वाग्लेको उदाहरण दिनुभयो। वाग्ले कांग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुभएको स्मरण गराउँदै पाण्डेले त्यतिबेला खराब र अहिले असल भन्न मिल्ने कि नमिल्ने भनेर प्रश्न गर्नुभयो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


