२६ असोज २०८३ English
English

बूढीगण्डकी बाढीले अवरुद्ध विद्युत् जोड्ने काम तीव्र, आज रातिसम्म आरुघाट चार्ज गर्ने लक्ष्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बूढीगण्डकी बाढीले अवरुद्ध विद्युत् जोड्ने काम तीव्र, आज रातिसम्म आरुघाट चार्ज गर्ने लक्ष्य
तस्बिर: नेपाल प्रेस

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी र यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम तीव्र बनाएको जनाएको छ। बाढीपछि आवश्यक मर्मत तथा पुनर्निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज रातिसम्म आरुघाट क्षेत्रमा विद्युत् चार्ज गर्ने लक्ष्य राखिएको छ। आरुघाट गाउँपालिका–३, केउरपानी र ढुंगेमा थप दुईवटा ट्रान्सफर्मर चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीका कारण उत्तरी गोरखाका झन्डै ५ हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। बाढीले सिर्दिबास–उहिया लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिकाका ९७१ घरधुरी अन्धकारमा परेका छन्।

बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि मर्मतको काम जारी रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार