२७ असोज २०८३ English
English

मानसिक स्वास्थ्यसम्बन्धी ऐन बनाउने काम अघि बढाइने: मन्त्री मेहता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मानसिक स्वास्थ्यसम्बन्धी ऐन बनाउने काम अघि बढाइने: मन्त्री मेहता

YouTube मा सब्स्क्राइब

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै ऐन बनाउने काम अघि बढाइने बताउनुभएको छ। मन्त्रिपरिषद्ले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित गरिसकेको र त्यसैका आधारमा ऐन निर्माणको प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मञ्च नेपालले कोसिस नेपालसँग मिलेर सोमबार आयोजना गरेको ‘मानसिक स्वास्थ्यको नीतिगत सवाल र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो।

मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कानुनी आधार तयार पार्नु सरकारको प्राथमिकतामा रहेको मन्त्री मेहताको भनाइ छ। मानसिक समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने र भेदभाव गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। मानसिक स्वास्थ्य स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई व्यक्ति, परिवार र समाजसँग जोडिएको विषय भएको उहाँले बताउनुभयो।

शारीरिक समस्यामा जस्तो सहज नभई मानसिक समस्यामा धेरै मानिस अझै खुलेर बोल्न र सहयोग माग्न हिचकिचाउने गरेको उहाँले उल्लेख गर्नुभयो। यो अवस्था बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण चाहिने मन्त्री मेहताको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार