पूजामा प्रयोग हुने चिल्लो पदार्थ ‘घिउ’ को नाममा बेच्न प्रतिबन्ध
सरकारले पूजाआजा, होम, हवन तथा दियो बाल्न प्रयोग गरिने चिल्लो पदार्थलाई ‘घिउ’ को नाममा उत्पादन, भण्डारण र बिक्री वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो। विभागले अखाद्य पदार्थलाई खाने घिउसँग मिल्दोजुल्दो बनाएर बेच्ने कार्यमा रोक लगाएको छ।
विभागको सूचनाअनुसार पूजामा प्रयोग हुने यस्ता चिल्लो पदार्थको लेबलमा ‘खानको लागि होइन’ भनेर लेख्नुपर्नेछ।
पूजामा प्रयोग गर्ने घिउको नाममा रसायन मिसिएको चिल्लो पदार्थ बिक्री भइरहेको भन्दै विभागले यो निर्णय गरेको हो। अब यस्ता पदार्थलाई ‘घिउ’ भनेर बजारमा बिक्री वितरण गर्न पाइने छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


