२६ असोज २०८३ English
English

नवनिर्वाचित महामन्त्रीद्वारा कांग्रेस एकताबद्ध बनाउने प्रतिबद्धता, पराजित नेताहरूको रूपान्तरण अभियान जारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवनिर्वाचित महामन्त्रीद्वारा कांग्रेस एकताबद्ध बनाउने प्रतिबद्धता, पराजित नेताहरूको रूपान्तरण अभियान जारी

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित प्रदीप पौडेलले पुराना तिक्तता भुलेर पार्टीलाई भावनात्मक रूपमै एकजुट बनाउने संकल्प व्यक्त गर्नुभएको छ। आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यास मान्दै उहाँले महाधिवेशनको मतले सबै नेता र कार्यकर्तालाई मिलेर अघि बढ्न सन्देश दिएको बताउनुभएको छ। पार्टीसामु धेरै चुनौती रहेकाले तिनको सामना गर्न भित्री एकता आवश्यक रहेको पौडेलको धारणा छ।

पौडेलसँगै उदयशम्शेर राणा र डिला संग्रौला पन्त पनि महामन्त्रीमा निर्वाचित हुनुभएको छ। संग्रौलाले महिला सहभागिता बढाउने, स्थानीय तहको निर्वाचनको तयारी गर्ने र छरिएको कांग्रेसलाई एक बनाउने काम आफ्नो मुख्य जिम्मेवारी रहेको बताउनुभएको छ। महामन्त्रीका उम्मेदवार रहनुभएका नैनसिंह महरले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै पार्टी बदल्ने आफ्नो अभियान कुनै पदमा सीमित नरहेको बताउनुभएको छ।

राजनीतिक संस्कार बदल्न नेतृत्वको सोच, व्यवहार र कार्यशैलीमा सुधार आउनुपर्ने उहाँको धारणा छ। महामन्त्रीमा तेस्रो स्थानमा रहनुभएका डा. सुनिलकुमार शर्माले हारजित राजनीतिमा स्वाभाविक भएको र पदमा नरहे पनि जनताको सेवामा लागिरहने बताउनुभएको छ।

उपसभापति खुलामा तेस्रो सर्वाधिक मत पाएर पनि पराजित नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईले अझ धेरै साथीको भरोसा जित्नुपर्ने देखिएको भन्दै बाँकी राजनीतिक समय त्यसमै लगाउने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार