२६ असोज २०८३ English
English

एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी हटाइए, औपचारिक जानकारी नआएको पार्टीको भनाइ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी हटाइए, औपचारिक जानकारी नआएको पार्टीको भनाइ

YouTube मा सब्स्क्राइब

नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका जवान सोमबारदेखि फिर्ता भएका छन्। पार्टी कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार कार्यालयमा करिब ५ जना सशस्त्र प्रहरी दिनरात खटिँदै आएका थिए। आइतबारसम्म खटिएको टोली सोमबार फर्किएको उहाँले बताउनुभएको छ।

उहाँका अनुसार जवानको सङ्ख्या घटबढ भए पनि त्योभन्दा कम कहिल्यै हुँदैनथ्यो। च्यासलमा पार्टी कार्यालय सरेको २०७८ सालदेखि नै त्यहाँ सशस्त्र प्रहरी नियमित रूपमा खटिने गरेको अधिकारीको भनाइ छ। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले सुरक्षाकर्मी हटाउनेबारे सरकारबाट कुनै औपचारिक पत्र नआएको बताउनुभएको छ।

उहाँका अनुसार सुरक्षाकर्मी सोमबार बिहान आफैँ कार्यालय छाडेर गएका हुन् र हटाइनुको कारण पार्टीलाई थाहा छैन। अब कार्यालयको सुरक्षा कसरी मिलाउने भन्नेबारे पार्टीभित्र छलफल सुरु भएको आचार्यले जनाउनुभएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी नेत्रप्रसाद कार्कीले भने कुनै पनि दलको कार्यालयमा सुरक्षाकर्मी खटाउने प्रोटोकल नरहेको दाबी गर्नुभएको छ।

यसअघि पनि दलका कार्यालयमा सुरक्षाकर्मी नखटाइएको उहाँको भनाइ छ। केही दिनअघि गृह मन्त्रालयले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको मापदण्डसम्बन्धी सूचना जारी गरेको थियो। सरकारले भने सुरक्षाकर्मी फिर्ता गरिएको विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

स्रोत

सम्बन्धित समाचार