२६ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीको अन्तिम नतिजा आज, केन्द्रीय सदस्य खुलाको मतगणना भोलिदेखि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन: सहमहामन्त्रीको अन्तिम नतिजा आज, केन्द्रीय सदस्य खुलाको मतगणना भोलिदेखि

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य खुलातर्फ परेको मतको गणना भोलि मंगलबार बिहान ८ बजे थालिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार जारी गरेको सूचनाअनुसार गणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा हुनेछ। केन्द्रीय सदस्यका उम्मेदवारले आफूबाहेक अर्को प्रतिनिधि राख्न पाउने व्यवस्था नभएको समितिले सूचनामा उल्लेख गरेको छ।

समितिले सोमबार दिउँसो साढे १२ बजेदेखि पिछडिएको क्षेत्रका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य पदको गणना सुरु गर्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशबाट चुनिने महिला, खुला तथा ३५ वर्षमुनिका युवा कोटाका केन्द्रीय सदस्यको गणना पनि सोही समयदेखि थाल्ने कार्यक्रम छ। केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना असोज २३ गते राति ९ बजेदेखि चरणबद्ध रूपमा भइरहेको छ।

सहमहामन्त्री पदको गणना जारी रहेको र त्यसको अन्तिम नतिजा सोमबार अपराह्नसम्म सार्वजनिक गर्ने तयारी भएको संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभएको छ। जनसम्पर्क समितिको कोटाबाट आउने केन्द्रीय सदस्यको गणना सुरु गर्ने तयारी पनि भइरहेको उहाँले बताउनुभएको छ। बाँकी समूहका पदको गणना पनि समानान्तर रूपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार