२६ असोज २०८३ English
English

सीमा समस्या ‘अन द स्पट’ सुल्झाउने भारतका लागि प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सीमा समस्या ‘अन द स्पट’ सुल्झाउने भारतका लागि प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
तस्बिर: अनलाइनखबर

भारत र चीनका लागि प्रस्तावित राजदूतले सरकारको नीतिअनुसार काम गर्ने बताएका छन्। सोमबार संसदीय सुनुवाइ समितिमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे र चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले आफ्ना धारणा राखेका हुन्।

पाण्डेले सीमामा समस्या आए ‘अन द स्पट’ सुल्झाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले भुटानी शरणार्थीको घर फिर्तीका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनसम्बन्धी प्रश्न भने पाण्डेले पन्छाए। सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे पनि उनी मौन रहे।

चीनका लागि प्रस्तावित राजदूत शर्माले रसुवागढी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग र काठमाडौं चक्रपथलाई अगाडि बढाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार