२६ असोज २०८३ English
English

चालु आर्थिक वर्षमा ६७ करोड ५० लाखको १५ हजार मेट्रिक टन धान खरिद गरिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चालु आर्थिक वर्षमा ६७ करोड ५० लाखको १५ हजार मेट्रिक टन धान खरिद गरिने
तस्बिर: रातोपाटी

सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न रु ६७ करोड ५० लाख विनियोजन गरिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले यसबारे जानकारी दिएको हो। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानबाट सीधै धान खरिद गर्ने गरी यो व्यवस्था मिलाइएको हो।

यसैबीच कृषिमन्त्री गीता चौधरीले किसानसँग १५ हजार मेट्रिक टन धान खरिदको समन्वय गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेकी छन्। किसानलाई सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य दिलाउने उद्देश्यले उनले यो आग्रह गरेकी हुन्।

सरकारले किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न हरेक वर्ष धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 26 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार