२७ असोज २०८३ English
English

विराटनगरका उद्योगीको माग: नीतिगत स्थिरता र महँगो बिजुलीमा राहत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विराटनगरका उद्योगीको माग: नीतिगत स्थिरता र महँगो बिजुलीमा राहत

YouTube मा सब्स्क्राइब

विराटनगरका उद्योगी व्यवसायीले नीतिगत स्थिरता र विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर हटाउन सरकारसँग माग गरेका छन्। मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीसँग छुट्टाछुट्टै छलफल गरेका छन्। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उत्पादन लागत घटाउन बिजुली महसुलमा लागेको भ्याट खारेज गर्नुपर्ने बताउनुभएको छ।

उहाँले औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिन र नयाँ लगानी आकर्षित गर्ने उद्योगमैत्री नीति ल्याउन आग्रह गर्नुभएको छ। मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष अनुपम राठीले लगानीकर्ताको विश्वास जित्न नीति स्थिर र अनुमानयोग्य हुनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार करिब ५ प्रतिशत ब्याजमा व्यावसायिक कर्जा पाउँदा पनि लगानी नबढ्नु चिन्ताको विषय हो।

संघका अध्यक्ष अनिलकुमार शाहले सबै वस्तुमा अधिकतम खुद्रा मूल्यको लेबलसम्बन्धी विषय उठाउनुभएको छ। उद्योगीले नेपाली उत्पादनलाई छिमेकी मुलुकका सामानसँग प्रतिस्पर्धी बनाउन लागत घटाउने नीति माग गरेका छन्। बन्द उद्योग फेरि सञ्चालन गर्न र निर्यात बढाउन नीतिगत सुधार चाहिने उनीहरूको भनाइ छ।

सभापति अन्सारीले उद्योगीका सुझाव र समस्याको अध्ययन गर्ने बताउनुभएको छ। एउटा मात्र उद्योग चलेको भए पनि त्यसको संरक्षण गर्नु सरकारको दायित्व भएको उहाँले बताउनुभएको छ। अर्थतन्त्र बलियो बनाउन सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न तयार रहेको उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार