भिसा प्रक्रिया नसुध्रिए थाइल्यान्डको पर्यटकीय प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा सहजता नल्याए त्यहाँका पर्यटकीय प्याकेज बिक्री बन्द गर्ने चेतावनी दिएको छ।
थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा देखिएको अव्यावहारिक झन्झट र अत्यधिक ढिलाइका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायीहरू ठूलो आर्थिक जोखिममा परेको नाट्टाले जनाएको छ। भिसा ढिलाइका कारण व्यवसायीको लगानी जोखिममा परेको उसको भनाइ छ।
भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डलाई नेपाली आउटबाउन्ड पर्यटनको कालोसूचीमा राख्ने र त्यहाँका लागि पर्यटन गतिविधि रोक्ने चेतावनी पनि नाट्टाले दिएको छ।
नेपालबाट विदेश घुम्न जाने पर्यटकका लागि थाइल्यान्ड प्रमुख गन्तव्यमध्ये एक हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


