२७ असोज २०८३ English
English

कीर्तिपुरमा नेपथ्य साँझ: भाषा र भाका बचाउन आह्वान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कीर्तिपुरमा नेपथ्य साँझ: भाषा र भाका बचाउन आह्वान

YouTube मा सब्स्क्राइब

कीर्तिपुरको ल्याब स्कुल मैदानमा शनिबार भएको नेपथ्य कन्सर्टमा ब्यान्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले भाषा र भाका जोगाउन आह्वान गर्नुभएको छ। कन्सर्टका सबै टिकट पहिल्यै बिक्री भइसकेका थिए र करिब ८ हजार दर्शक अटाउने गरी मैदान तयार पारिएको थियो। टिकट नपाएका धेरै युवा निराश भएर फर्केका थिए।

कीर्तिपुर नै नेपथ्यले पहिलो प्रस्तुति दिएको ठाउँ हो। साढे तीन दशकअघि त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभागका विद्यार्थीको निम्तोमा ब्यान्डले विश्वविद्यालयको सभाहलमा दुईवटा गितारमात्र प्रयोग गरेर अकोस्टिक प्रस्तुति दिएको थियो। ब्यान्डलाई मन पराउँदै हुर्किएका विभिन्न पुस्ताका दर्शक कन्सर्टमा जम्मा भएका थिए।

कीर्तिपुरको सफलतापछि नेपथ्यले भारत, पूर्वी नेपाल र अस्ट्रेलियामा सांगीतिक यात्राको तयारी थालेको छ।

स्रोत

सम्बन्धित समाचार