२८ असोज २०८३ English
English

नेपालगन्जमा करोडौँका नगरबस सञ्चालन नहुँदै जीर्ण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपालगन्जमा करोडौँका नगरबस सञ्चालन नहुँदै जीर्ण

YouTube मा सब्स्क्राइब

नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीका लागि किनेका सातवटा नगरबस सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरले आर्थिक वर्ष २०७५/७६ मा विशेष अनुदानको रकमबाट ४१ सिटका चार र ३६ सिटका तीन बस किनेको थियो। ती बस खरिद गर्न करिब ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको थियो।

उपमहानगरका प्रवक्ता प्रमोद रिजालका अनुसार किनेको आठ वर्षमै बसहरू प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। सुरुमा महिला सहचालक राखेर उपमहानगर आफैँले बस चलाए पनि खर्च धान्न नसकेपछि बसपार्क र बस सञ्चालनका लागि टेन्डर आह्वान गरिएको थियो। टेन्डरमा सात बसका लागि वार्षिक ५० लाख र बसपार्कको पार्किङ शुल्कका लागि ५१ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको थियो।

शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक करिब १ करोड ३७ लाख रुपैयाँमा ठेक्का लिएको थियो। बस चलाउँदा घाटा भएपछि ठेकेदार कम्पनीले ती बस बसपार्कमै थन्क्याएको प्रवक्ता रिजालले बताउनुभएको छ। बसहरू तीन वर्षदेखि त्यहीँ थन्किएर रहेका छन्।

स्रोत

सम्बन्धित समाचार