ट्रम्प: रुस र चीनले इरानलाई सघाए दुवैले धेरै गुमाउनेछन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सघाइरहेको दाबीमा आफूलाई विश्वास नलागेको बताउँदै त्यसो गरे दुवै देशले धेरै गुमाउनुपर्ने चेतावनी दिनुभएको छ। सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उहाँले यस्तो दाबी गर्नेहरूलाई कट्टर वामपन्थी भन्दै आलोचना गर्नुभएको छ। ट्रम्पका अनुसार सहयोग भइरहेको भए पनि त्यो निकै सानो स्तरको हुन सक्छ।
त्यस्तो सहयोग भएमा अमेरिकाले छिट्टै थाहा पाउने उहाँको दाबी छ। गत साता ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच करिब डेढ घण्टा टेलिफोन वार्ता भएको थियो, जसमा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय मुद्दामा छलफल भएको थियो। ट्रम्पका अनुसार त्यसपछि रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल ३ लाख टनभन्दा बढी डिजेल पठाउने र आगामी महिनाहरूमा थप आपूर्ति गर्ने सहमति भएको छ।
यसले डिजेलको मूल्य घट्ने ट्रम्पको दाबी छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
