२८ असोज २०८३ English
English

कांग्रेस मतगणना : खुला केन्द्रीय सदस्यमा महर्जन, पेशागततर्फ केदारनरसिंह केसी अगाडि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस मतगणना : खुला केन्द्रीय सदस्यमा महर्जन, पेशागततर्फ केदारनरसिंह केसी अगाडि
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य र सहमहामन्त्री पदको मतगणना जारी छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गरी ललितपुरस्थित केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मतगणना हुने जानकारी दिएको थियो।

खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन्। बुधबार बिहानसम्म २ हजार ५०० मत गणना हुँदा महर्जनले १ हजार ९३५ मत प्राप्त गरेका छन्। निश्कल राई दोस्रो स्थानमा छन्।

केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनमा डा. केदारनरसिंह केसीले अग्रता कायम राखेका छन्। ३ हजार २१ मत गणना हुँदासम्म केसी पहिलो स्थानमा छन् भने जगदीशचन्द्र पोखरेलले उनलाई पछ्याइरहेका छन्।

सहमहामन्त्री दलिततर्फ १ हजार ६०० मत गन्दा प्रकाश स्नेही रसाइलीले १ हजार ५६ मत प्राप्त गरी अग्रता लिएका छन्। सहमहामन्त्री खसआर्यतर्फ १ हजार ५०७ मत गणना हुँदा मनोजमणि आचार्य ५५२ मतसहित अगाडि छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार