२८ असोज २०८३ English
English

ठगी प्रकरणमा पक्राउ परेकी विनिता खड्कालाई कांग्रेसले निर्वाचित प्रमाणपत्र नदिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ठगी प्रकरणमा पक्राउ परेकी विनिता खड्कालाई कांग्रेसले निर्वाचित प्रमाणपत्र नदिने
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसले केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्कालाई निर्वाचित भएको प्रमाणपत्र नदिने भएको छ। पार्टीले खड्काको नाम निर्वाचित सूचीबाट हटाएको छ।

इजरायलमा केयर गिभर पठाउने भन्दै ठगी गरेको आरोपमा खड्का पक्राउ परेकी थिइन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

उनलाई निर्वाचित भएको प्रमाणपत्र दिने कि नदिने भन्ने विषयमा कांग्रेस निर्वाचन समितिले छलफल गर्ने जनाइएको थियो। त्यसपछि पार्टी पदाधिकारीहरूले उनलाई प्रमाणपत्र नदिने र नाम निर्वाचित सूचीबाट हटाउने निर्णयबारे जानकारी दिएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना र नतिजा सार्वजनिक हुने क्रम जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार