राप्रपा अध्यक्ष लिङ्देन: सबै दल असफल, राप्रपाले मात्र निकास दिन सक्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य सबै राजनीतिक दल असफल भएको दाबी गर्दै अहिलेको अनिश्चित राजनीतिमा राप्रपाले मात्र देशलाई निकास दिन सक्ने बताउनुभएको छ। मङ्गलबार काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। अध्यक्ष लिङ्देनले नेपालको राजनीति अँध्यारो सुरुङभित्र पसेको टिप्पणी गर्नुभएको छ।
पुरानै कार्यशैलीले पार्टी बलियो नहुने भन्दै उहाँले नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आफूलाई बदल्नुपर्नेमा जोड दिनुभएको छ। आगामी महाधिवेशनलाई औपचारिकतामा मात्र सीमित नगरी पार्टी पुनर्गठनको कोसेढुङ्गा बनाउन उहाँले नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गर्नुभएको छ। संगठन विस्तार नगरी पार्टी ठूलो बन्न नसक्ने भन्दै उहाँले सबैका लागि ढोका खुला गर्नुपर्ने बताउनुभएको छ।
पार्टीको राजसंस्था तथा हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा स्थापित गर्न संगठन फैलाउनु र प्रभावकारी राजनीतिक गतिविधि गर्नु जरुरी रहेको उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


