प्रस्तावित राजदूत सुनारविरुद्धको उजुरीमा संसदीय समितिले तथ्य जाँच्ने

संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका उजुरीलाई विशेष निगरानीमा राखेको छ। समितिले गत सोमबार उजुरीकर्तालाई बोलाएर उजुरीका विषयमा गोप्य छलफल गरेको थियो।
सुनारविरुद्ध दुईवटा उजुरी परेका छन्। तीमध्ये एउटामा महिलामाथि हिंसा र धम्की दिएको आरोप छ भने अर्कोमा उनको राजनीतिक आबद्धतासँगै आर्थिक अनियमिततासम्बन्धी आरोप छन्। समितिले उजुरीका विषयमा पीडित महिलासँग पनि संवाद गरेको छ।
छलफलपछि समितिले सम्बन्धित विवरण मगाएर तथ्य जाँच्ने निर्णय गरेको हो।
यसैबीच, समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ जारी राखेको छ। समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षतामा असोज २६ गते बसेको बैठकले पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


