२७ असोज २०८३ English
English

बुढीगण्डकी बाढी : ३१ विदेशीसहित १८६ जनाको उद्धार, टानका अनुसार करिब हजार जना अलपत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बुढीगण्डकी बाढी : ३१ विदेशीसहित १८६ जनाको उद्धार, टानका अनुसार करिब हजार जना अलपत्र
तस्बिर: गोरखापत्र

बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले ३१ जना विदेशी नागरिकसहित १ सय ८६ जनाको उद्धार गरेको छ। यही असोज २५ गते बुढीगण्डकी नदीमा बाढी आएको थियो।

यसैबीच, टानले सूचना प्रकाशन गरी ४ सयभन्दा बढी विदेशी पर्यटक र उनीहरूका ६ सय हाराहारी सहयोगी सदस्य अलपत्र रहेको जनाएको छ। यसअनुसार करिब एक हजार पर्यटक र सहयोगी उद्धारको पर्खाइमा छन्।

पहिरोले नदी अवरुद्ध भएपछि बुढीगण्डकीमा बाढी आउन कम्तीमा चार घण्टा लागेको थियो। रसुवागढी बाढीबाट पाठ सिकेका स्थानीयले तल्लो भेगमा तुरुन्तै खबर गरेका थिए। यसले गर्दा बुढीगण्डकी किनारमा रहेका धेरै जनाको ज्यान जोगिएको थियो।

बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्य जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २७ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 27 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार