२८ असोज २०८३ English
English

दसैँ लक्षित ट्राफिक चेकजाँच: मापसे र लापसे गरी सवारी चलाउने चालक कारबाहीमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ लक्षित ट्राफिक चेकजाँच: मापसे र लापसे गरी सवारी चलाउने चालक कारबाहीमा

YouTube मा सब्स्क्राइब

दसैँ लक्षित विशेष चेकजाँचका क्रममा काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने १४९ जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार घटस्थापनाको दिन असोज २५ देखि असोज २७ गते अपराह्न ५ बजेसम्म उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गरिएको हो। मापसे गरेर कारबाहीमा परेका १४९ जनामध्ये ९ जना सार्वजनिक सवारीका चालक छन्।

लागूऔषध सेवन गरी सार्वजनिक सवारी चलाइरहेका थप ९ चालकलाई पनि नियन्त्रणमा लिइएको छ। यसरी यात्रु बोक्ने सवारीका १८ चालक मापसे र लापसेमा कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यान्त्रिक अवस्था ठीक नभएका ६० सार्वजनिक सवारी र तीव्र गतिमा दौडिएका ७६ सवारीसाधनमाथि पनि कारबाही भएको छ।

चाडपर्वमा यात्रुको आवागमन र सार्वजनिक सवारीको प्रयोग बढ्ने भएकाले दुर्घटना घटाउन चेकजाँच कडा पारिएको प्रहरीको भनाइ छ। चेकजाँचमा मापसे र लापसेसँगै सवारीको यान्त्रिक अवस्था र ट्राफिक नियम पालनाको पनि निगरानी गरिएको छ।

स्रोत

सम्बन्धित समाचार