२८ असोज २०८३ English
English

इसिमोड अध्ययन: भोटेकोशी बाढीअघि लाङटाङ लिरुङको भिर ४० सेन्टिमिटरसम्म सरेको

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इसिमोड अध्ययन: भोटेकोशी बाढीअघि लाङटाङ लिरुङको भिर ४० सेन्टिमिटरसम्म सरेको

YouTube मा सब्स्क्राइब

भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको भोटेकोशी बाढीअघि नै लाङटाङ लिरुङ हिमालको उत्तरी भिर करिब ४० सेन्टिमिटरसम्म सरेको इसिमोडको अध्ययनले देखाएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रका महानिर्देशक पेमा ग्याम्छोले विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा यो प्रारम्भिक अध्ययन सार्वजनिक गर्नुभएको छ। सेन्टिनेल–१ भूउपग्रहले सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्म ४८ दिन सङ्कलन गरेको राडार तथ्याङ्कमा सतहको यो विस्थापन देखिएको हो।

इसिमोडको अनुमानअनुसार उक्त भिरबाट झन्डै १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसपछि चट्टान, बरफ, पानी र गेग्रान मिसिएको तीव्र बहावले नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको अध्ययनमा उल्लेख छ।

स्रोत

सम्बन्धित समाचार