दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणमा २० करोड रुपैयाँ लाग्ने अनुमान

कञ्चनपुरको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल फेरि बनाउन करिब २० करोड रुपैयाँ लाग्ने प्राविधिक टोलीको प्रारम्भिक अनुमान छ। असोजको दोस्रो साता महाकाली नदीमाथिको यस पुलको एउटा पिल्लर भत्किएपछि र अन्य भागमा पनि क्षति पुगेपछि यसमा आवागमन रोकिएको छ। सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा काठमाडौँबाट पुगेको टोलीले क्षतिको अध्ययन गरेको छ।
टोलीले करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको निष्कर्षसहित पुनर्निर्माणको खर्च विवरण स्थानीय पूर्वाधार विकास विभागमा बुझाइसकेको छ। योजनामा परेर बजेट छुट्टिए काम थाल्न तयार रहेको उपमहानिर्देशक अधिकारीले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


