रास्वपा सांसद खगेन्द्र सुनारको भनिएको अडियो प्रकरण : प्रहरीले थाल्यो आन्तरिक छानबिन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनिएको अडियो सार्वजनिक भएपछि प्रहरीले यसबारे आन्तरिक छानबिन थालेको छ।
सार्वजनिक भएको अडियोमा एक पुरुषले एक महिलालाई अश्लील गाली र धम्की दिएको सुनिन्छ। उक्त अडियो सांसद सुनारको भएको भनिएको छ। अडियो सार्वजनिक भएपछि सांसद सुनार विवादमा परेका छन्।
तर प्रहरीले यस विषयमा औपचारिक अनुसन्धान भने अघि बढाएको छैन। उजुरी नपरेको र गृह मन्त्रालयबाट निर्देशन नआएको भन्दै प्रहरी निर्देशनको प्रतीक्षामा रहेको सञ्चारमाध्यमका समाचारमा उल्लेख छ।
महिला हिंसासँग जोडिएको आरोप सांसदमाथि लागे पनि सरकार र राज्यका निकायले अहिलेसम्म कुनै कदम नचालेकोमा प्रश्न उठेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


