कांग्रेस महाधिवेशन : महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, खुलामा खतिवडा र शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला) पदमा नेतृ प्रतिमा गौतम निर्वाचित भएकी छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार गौतम ५ हजार ११६ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।
महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गरेकी हुन्। ललितपुरको सानेपामा जारी मतगणनामा उनी सर्वाधिक लोकप्रिय मतका साथ विजयी भएको बताइएको छ।
यस्तै, केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतगणना जारी छ। निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


