कांग्रेस महाधिवेशन : महिला खुला केन्द्रीय सदस्यमा वासना थापा सर्वाधिक मतसहित निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फको केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार यस समूहबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापाले सबैभन्दा बढी ५ हजार १९३ मत प्राप्त गरेकी छन्।
निर्वाचन समितिका अनुसार खुलातर्फ १५ जना निर्वाचित हुनुपर्नेमा एक जना उम्मेदवारले विजयी हुने मत पाए पनि उनीविरुद्ध अदालतमा मुद्दा परेको छ। त्यसैले अहिलेलाई उनलाई निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिने समितिले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको नतिजा क्रमशः सार्वजनिक भइरहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


