भोटेकोशी बाढी : १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा, बेपत्तालाई मृत्यु प्रमाणपत्र दिने तयारी

गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकमा यस्तो जानकारी दिइएको हो।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
प्राधिकरणका अनुसार बेपत्ता भएकाहरूको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी भइरहेको छ। बाढीमा परी बेपत्ता भएका नागरिकका परिवारले लामो समयदेखि यस विषयमा पर्खिरहेका थिए।
भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा गएको बाढीले रसुवासहित आसपासका क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


