बूढीगण्डकी बाढी : ६ हजार मिटर उचाइबाट खसेको हिमपहिरो पनि जिम्मेवार

उत्तरी गोरखाको बूढीगण्डकी नदीमा आइतबार आएको बाढी उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको ठूलो पिण्ड भत्किएर खसेपछि उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि बूढीगण्डकीमा बाढी आएको हो।
बाढीसम्बन्धी प्राविधिक प्रतिवेदनमा ६ हजार मिटर उचाइबाट ठूलो पहिरो खसेको उल्लेख छ। प्रतिवेदनअनुसार पहिरो खस्दा ३.५ म्याग्निच्युडको भूकम्प बराबरको शक्ति पनि उत्पन्न भएको थियो।
बाढीका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा व्यापक क्षति भएको छ। हालसम्म ६ जना बेपत्ता छन् भने ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको छ।
चुमनुब्री गाउँपालिकाका एक हजार घर तीन दिनदेखि अन्धकारमा छन्। स्थानीयले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


