च्याम्पियन्स लिग : आर्सनलले लिललाई ३–० र बार्सिलोनाले गालातासारेलाई ४–१ ले हराए

यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले फ्रान्सेली क्लब लिललाई ३–० गोलले पराजित गरेको छ। इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार बुधबार बिहान भएको खेल जितेर आर्सनलले यस प्रतियोगितामा आफ्नो शतप्रतिशत जितको क्रम कायमै राखेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा आर्सनलले सात मिनेटभित्रै तीन गोल गरेर खेल आफ्नो पक्षमा पार्यो। आर्सनलका गोलकर्तामा टिम्बर पनि छन्।
अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले टर्किस क्लब गालातासारेलाई ४–१ गोलले पराजित गरेको छ। सुरुमा गालातासारेले लिएको अग्रता उल्टाउँदै बार्सिलोनाले फराकिलो अन्तरको जित निकालेको हो।
च्याम्पियन्स लिगअन्तर्गत आज म्यानचेस्टर सिटी र पीएसजीबीच खेल हुँदै छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


