२८ असोज २०८३ English
English

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना
तस्बिर: नेपाल लाइभ

बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आज वि.सं. २०८३ असोज २८ गते बुधबार हो। आजको तिथि आश्विन शुक्ल चतुर्थी हो।

हरेक वर्ष आश्विन शुक्ल चतुर्थी, अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ। यही परम्पराअनुसार आज घरघरमा दसैँ घर वा पूजा कोठामा कुष्माण्डा देवीको पूजा गरिँदै छ।

देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पनि नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको पूजा आराधना भइरहेको छ।

दसैँ नजिकिँदै जाँदा चहलपहल बढेको छ। चाड मनाउन घरपरिवार र आफन्त भेला हुन थालेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार