२८ असोज २०८३ English
English

एसियाली खेलकुदका पदक विजेतालाई सरकारको नगद पुरस्कार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली खेलकुदका पदक विजेतालाई सरकारको नगद पुरस्कार

YouTube मा सब्स्क्राइब

सरकारले जापानको नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार उपलब्ध गराएको छ। खेलकुद विकास नियमावलीबमोजिम पुरस्कार रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिएको छ। मन्त्रिपरिषद्को असोज २३ गते बसेको बैठकले पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

एसियाडमा कराते खेलाडी तेञ्जिङ शर्मा र नेपाली महिला कबड्डी टोलीले पदक जितेका थिए। निर्णयअनुसार तेञ्जिङले ६ लाख ५० हजार रुपैयाँ पाउनुभएको छ। उहाँका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख ३० हजार र व्यवस्थापक युवराज लामालाई ६५ हजार रुपैयाँ दिइएको छ।

पदक विजेता कबड्डी टोलीका प्रत्येक खेलाडीले १ लाख ९५ हजार रुपैयाँ प्राप्त गरेका छन्। टोलीकी मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार रुपैयाँ पाउनुभएको छ। सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीलाई जनही ६५ हजार रुपैयाँ उपलब्ध गराइएको छ।

महिला कबड्डी टोलीले एसियाडमा लगातार दोस्रो पटक कांस्य पदक जितेको हो। करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले पुरानो परम्परा तोड्दै छिटो पुरस्कार दिएकामा सरकारलाई धन्यवाद दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार