२९ असोज २०८३ English
English

राखेपद्वारा क्यान सदस्य गुञ्जन शाह ठकुरीसहित पाँच पदाधिकारी फिर्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राखेपद्वारा क्यान सदस्य गुञ्जन शाह ठकुरीसहित पाँच पदाधिकारी फिर्ता

YouTube मा सब्स्क्राइब

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट सङ्घ, क्यानको बोर्ड सदस्यमा मनोनीत गुञ्जन शाह ठकुरीसहित पाँच खेल सङ्घका पदाधिकारीलाई फिर्ता बोलाएको छ। परिषद्को बुधबार बसेको सदस्य सचिवस्तरीय निर्णयअनुसार उहाँहरूलाई पदबाट फिर्ता गरिएको हो। क्यानमा मनोनीत भएको एक महिना नपुग्दै शाहको जिम्मेवारी अन्त्य भएको छ।

नयाँ सरकार गठन भएपछि छुम्बी लामालाई हटाएर रिक्त स्थानमा शाहलाई पठाइएको थियो। ब्याडमिन्टन, सुटिङ, पौडी र साइक्लिङ सङ्घमा मनोनीत शम्भु कार्की, कृष्णहरि सञ्जु, विनोद श्रेष्ठ र गणेशप्रसाद मैनालीलाई पनि फिर्ता बोलाइएको छ। परिषद्का सदस्य सचिव रामचरित्र मेहताले प्राविधिक कारणले यो निर्णय गरिएको बताउनुभएको छ।

उहाँले थप कारण भने खुलाउनुभएको छैन। सङ्घ संस्था समन्वय शाखाका प्रमुख लिलाराम बस्नेतले हस्ताक्षर गरेको पत्रमा क्यानको विधानको परिच्छेद २, धारा ३ को उपधारा ४ अनुसार शाहलाई फिर्ता गरिएको उल्लेख छ। उक्त पत्र क्यानलाई पनि बोधार्थ पठाइएको छ।

क्यानको विधानमा परिषद्ले दुई सदस्य मनोनीत गर्न सक्ने प्रावधान छ। तर खेलकुद विकास ऐन, २०७७ ले खेल सङ्घका कार्यसमितिमा परिषद्का दुई प्रतिनिधि अनिवार्य रहने व्यवस्था हटाइसकेको छ। यो निर्णयपछि खेल सङ्घमा पदाधिकारी मनोनयनको प्रक्रिया र आधारबारे फेरि प्रश्न उठेको छ।

स्रोत

सम्बन्धित समाचार