३० असोज २०८३ English
English

बागलुङ बजारमा दसैँका लागि मुस्ताङी च्याङ्ग्रा महँगियो, माग भने बढ्दो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बागलुङ बजारमा दसैँका लागि मुस्ताङी च्याङ्ग्रा महँगियो, माग भने बढ्दो

YouTube मा सब्स्क्राइब

दसैँका लागि मुस्ताङ हुँदै बागलुङ बजारमा भित्रिएका च्याङ्ग्राको भाउ बढेको छ, तर मागमा भने कमी आएको छैन। कोसेलीका रूपमा लैजाने र दसैँमा च्याङ्ग्राकै मासु खाने चलनले महँगो भए पनि कारोबार राम्रो भइरहेको व्यापारीहरू बताउँछन्। डोल्पा र मुस्ताङ हुँदै करिब २५ दिन पैदल हिँडेर बागलुङ आइपुगेका व्यापारी तेन्जिङ तार्के तामाङका अनुसार छानिएको अर्थात् रोज्जा च्याङ्ग्राको मूल्य करिब ४५ देखि ५० हजार रुपैयाँसम्म पुगेको छ।

उहाँले यसपटक २०० च्याङ्ग्रा ल्याएर आधा बागलुङ र आधा पोखरा पठाउनुभएको छ। बागलुङमा नबिकेका च्याङ्ग्रा पनि मुख्य बजार पोखरामै लगिने उहाँको भनाइ छ। गोठमै च्याङ्ग्राको मूल्य करिब ३७ हजार रुपैयाँसम्म परेको तामाङले बताउनुभएको छ।

उहाँ तीन वर्षदेखि दसैँका बेला डोल्पा र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बागलुङ र पोखरामा बेच्दै आउनुभएको छ। बागलुङमा च्याङ्ग्राको मासु प्रतिकिलो करिब २ हजार २०० रुपैयाँसम्म पुगेको छ। मुस्ताङबाट यस वर्ष दसैँका लागि करिब १३ हजार ८०० भेडाच्याङ्ग्रा निकासी भएका छन्।

स्रोत

सम्बन्धित समाचार