विश्वकप लिग–२: क्यानडाले ओमानलाई हराएपछि नेपाललाई बाँकी दुईमध्ये एक खेल जित्नैपर्ने दबाब

आईसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा क्यानाडाले ओमानलाई पराजित गरेपछि नेपाललाई बाँकी दुई खेलमध्ये कम्तीमा एउटा जित्नुपर्ने दबाब परेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाल लिगको शीर्ष ६ भित्र पर्नुपर्ने छ। बिहीबार भएको खेलमा क्यानाडाले ओमानलाई २५७ रनको लक्ष्य दिएको थियो।
जवाफमा ओमान ४६.३ ओभरमा १९८ रनमै अलआउट भएको छ। उक्त जितपछि क्यानाडाको ३५ खेलबाट २७ अंक पुगेको छ भने नेपालसँग ३४ खेलबाट २८ अंक छ। नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्नेछ।
शनिबारको खेल लिगमा क्यानाडाको अन्तिम खेल हो। क्यानाडालाई हराए नेपाल शीर्ष ६ मै रहेर लिग टुङ्ग्याउनेछ। क्यानाडासँग हारे नेपालले ओमानविरुद्धको अन्तिम खेल जित्नुपर्नेछ।
दुवै खेल हारे नेपाल सातौँ स्थानमा झर्नेछ र क्यानाडा शीर्ष ६ मा प्रवेश गर्नेछ। ओमान भने ३३ अंकसहित तालिकाको चौथो स्थानमा छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


