३० असोज २०८३ English
English

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रविधि भित्र्याउने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रविधि भित्र्याउने तयारी

YouTube मा सब्स्क्राइब

नेपाल क्रिकेट संघ, क्यानले नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणमा निर्णय पुनरावलोकन प्रणाली, अर्थात् डीआरएस प्रविधि प्रयोग गर्ने तयारी गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा क्यानका सचिव पारस खड्काले यो प्रविधि भित्र्याउन करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान रहेको बताउनुभएको छ। यो खर्च क्यान र सहभागी आठवटै फ्रेन्चाइजी टोलीले संयुक्त रूपमा बेहोर्ने योजना छ।

रकम व्यावसायिक मिडिया अधिकारबाट हुने आम्दानीको बाँडफाँट हिस्साबाट मिलाइनेछ। यसो गर्दा कुनै एक पक्षमा मात्र आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ। डीआरएस लागू हुँदा एउटा खेल करिब आधा घण्टासम्म लम्बिन सक्ने उहाँले बताउनुभएको छ।

त्यसैले एकै दिन दुई खेल हुने डबल हेडरका दिन तालिकामा केही फेरबदल हुन सक्ने उहाँको भनाइ छ। हालको योजनाअनुसार खेल दिउँसो साढे ४ बजे सुरु हुनेछन्। छिट्टै औपचारिक घोषणा गरिने भए पनि प्रक्रिया पूरा भएपछि मात्र आधिकारिक निर्णय सार्वजनिक गरिने सचिव खड्काले स्पष्ट पार्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार