३० असोज २०८३ English
English

फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवे प्रतियोगिता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवे प्रतियोगिता

YouTube मा सब्स्क्राइब

नेपाल फुटबल लिग, अर्थात् एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिता करिब चार महिनासम्म चल्नेछ। खेलहरू होम एन्ड अवे, अर्थात् आफ्नो र विपक्षीको मैदानमा खेल्ने ढाँचामा हुनेछन्।

रंगशाला उपलब्ध हुने आधारमा यो ढाँचा तय गरिएको आयोजकले जनाएको छ। लिगमा काठमाडौँ रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसीले भाग लिनेछन्। यी सातै टोली यसअघि नेपाल सुपर लिगमा खेल्दै आएका हुन्।

प्रतियोगितालाई थप प्रतिस्पर्धी बनाउन यी सात सहरबाहेक अन्य सहरका नयाँ टोली पनि थपिने तयारी भएको छ। क्लबहरूको साझा संस्थाका रूपमा रहेको एनएफएलले नै प्रतियोगिता सञ्चालन गर्नेछ। एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार लिगलाई निष्पक्ष ढंगले चलाउन छुट्टै स्वतन्त्र समिति गठन गरिनेछ।

चार महिनाको अवधिमा तयारीको समय पनि समेटिएको उहाँले जानकारी दिनुभएको छ। अध्यक्ष गुरुङले नयाँ सोचका साथ प्रतियोगिता अघि बढाउन लागिएको बताउनुभएको छ। नेपाली फुटबललाई पूर्ण रूपमा व्यावसायिक बनाउने र देशभर फुटबलको वातावरण बनाउने लक्ष्यसहित यो लिग सुरु गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा क्लबहरूकै पहलमा लिगको घोषणा गरेको हो।

स्रोत

सम्बन्धित समाचार