नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि स्वजन रघुवंशीलाई

ललितपुरका स्वजन रघुवंशीले नेपाली नृत्य विधामा विद्यावारिधि अर्थात् पीएचडी उपाधि हासिल गर्नुभएको छ। नेपाली नृत्य विषयमा यो उपाधि पाउने उहाँ पहिलो नेपाली हुनुभएको छ। रघुवंशी क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष हुनुहुन्छ।
उहाँले भारतको छत्तीसगढ राज्यको खेरागढमा रहेको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा शोध पूरा गर्नुभएको हो। रघुवंशीले नेपाली लोकनृत्यसँगै चर्या नृत्य, कथक र भरतनाट्यम शैलीमा अध्ययन, प्रशिक्षण र प्रस्तुति गर्नुभएको छ। विद्यावारिधिअघि उहाँले काठमाडौँको लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्ट्सबाट नृत्यमा स्नातक गर्नुभएको थियो।
त्यसपछि उहाँले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम नृत्यमा स्नातकोत्तर तह पूरा गर्नुभएको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


