३० असोज २०८३ English
English

घटस्थापनापछि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
घटस्थापनापछि काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए
तस्बिर: थाहाखबर

नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिएका छन्।

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन आ–आफ्नो घर फर्किन थालेका हुन्। यात्रुको संख्या बढ्दै गएसँगै उपत्यकाका मुख्य नाकामा पनि भिड देखिएको छ।

उपत्यकाका विभिन्न बसपार्कमा लामो तथा छोटो दूरीका गाडी चढेर आ–आफ्नो गन्तव्यतर्फ जाने यात्रुको चहलपहल बढेको छ। काठमाडौँको जडीबुटीस्थित अरनिको बसपार्कमा पनि घर फर्किने यात्रुको भिड देखिन थालेको छ।

दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेर जाम भएको छ। यस खण्डमा सवारीसाधनहरू लामो लाइनमा देखिएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार